- पशुपतिनाथ मन्दिरमा करिब १५ दिन कथा वाचन गरेर धेरैको मन जितेकी २३ वर्षीया प्रतिभा पराजुली, अर्थात् ‘देवी प्रतिभा’ ले यस पटक १० दिनका लागि देवघाटमा कथा वाचन गर्नका लागि आउन लागेकी हुन् ।
काठमाडौँ : चर्चित कथावाचिका देवी प्रतिभा(प्रतिभा पराजुली) फेरी नेपाल आउने भएकी छिन् ।
‘प्यार से बोलो ना’ थेगोले चर्चा कमाएकी देवी प्रतिभा मकर स्नान माघ महामहोत्सवका अवसरमा १ महिनासम्म चल्ने महायज्ञमा कथावाचन गर्नका लागि चितवनको देवघाटमा आउन लागेको आयोजकले जनाएको छ ।
यसअघि पशुपतिनाथ मन्दिरमा करिब १५ दिन कथा वाचन गरेर धेरैको मन जितेकी २३ वर्षीया प्रतिभा पराजुली, अर्थात् ‘देवी प्रतिभा’ ले यस पटक १० दिनका लागि देवघाटमा कथा वाचन गर्नका लागि आउन लागेकी हुन् ।
मातापिता सेवा आश्रम र देवघाट दिव्य धामको निर्माण सहयोगार्थ लगाइने ‘देवघाट महा महोत्सव’मा देवी प्रतिभाका अलावा पूज्य ईश्व्रकृष्ण महाराजजी, पूज्य ओम प्रकाश गुरु, पूज्य यशोदा कौडिन्य र पूज्य अनुराधा पाण्डेयले पनि कथावाचन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
मकर स्नान माघ महामहोत्सवका अवसरमा आश्रम र दिव्य धामको निर्माण सहयोगार्थ लगाइने देवघाट महामहोत्सबबाट उठेको सहयोग रकम निर्माणाधिन मातापिता सेवा आश्रमका लागि खर्च गरिनेछ ।
माघ महिनाभर चल्ने महोत्सवका अवसरमा ३३ कोटी देवताको नाममा ३३ करोड दीप प्रज्वलन गर्ने कार्यक्रम पनि रहेको छ । त्यस्तै विश्वकै नमुना मन्दिर देवघाट दिव्य धाम मन्दिरको पनि शिलान्यास गरिने आयोजक कमिटीले जनाएको छ ।
निर्माणाधिन आश्रममा यो मसाचार तयार पार्दासम्म ५ तले ६ वटा भवनका १४१ कोठा करिब निर्माणको अन्तिम चरणमा रहेका छन् भने अन्य कोठाहरु निर्माणको तयारीमा छन् ।,
६ वटा भवनमा गरेर कुल ३६५ कोठा बनाउने योजना मातापिता सेवा आश्रमको रहेको छ । जहाँ देश विदेशबाट साधुसन्त तथा भक्तजनहरुको ठूलो संख्यामाउपस्थिती रहने आयोजकले जनाएको छ ।
माघ महिनाभर चल्ने यस दिव्यधाम शिलान्यास, ऐतिहाँसिक मकरस्नान माघे मेलालाई सफल पार्न आयोजकले सम्पूर्ण देशबासीहरुमा अपिल गरेको छ ।
सडकमा अलपत्र परेका बाबु आमालाई सहारा दिँदै आएको मातापिता सेवा आश्रम देशकै ठूलो आश्रमका रुपमा निर्माण हुन लागेको हो । उक्त महामहोत्सबमा आचार्य बालकृष्णजी महाराजको पनि उपस्थिती रहने बताइएको छ ।
कार्यक्रमको व्यबस्थापक भने आचार्य श्रीधर बस्याल रहेका छन् । परिवारविहीन हुँदै सडकमा अलपत्र पर्ने तथा अविभिावकविहीनहरुको घाउमा मल्हम लगाउने उद्देश्यले महामहोत्सको परिकल्पना गरिएको हो ।
ठूलो क्षेत्रफलमा फैलिएको उक्त आश्रमको निर्माणको काम आर्थिक अभावले अलपत्र पर्ने डर रहेकाले संकल्पकर्ता इश्वरकृष्ण महाराजजीले हिम्मत गरेर माघ महिनाभरी नै कथावचानदेखि विविध सांस्कृतिक कार्यक्रम गर्ने तयारी गरेको आयोजकले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’